२०८२ फाल्गुन २६ , मंगलबार

माछापुछ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत द्योमाँ जगत वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुछ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज मिति २०८१ माघ ०४ गतेका दिन चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।

यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष  प्रेम चन्द« अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने क्यापिटलका तर्फबाट अध्यक्ष  विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द« मालाकार का साथै कर्मचारीहरु उपस्थित भएको थियो ।माछापुछ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुछ्रे क्यापिटल लिमिटेड, माछापुछ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुछ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।