२०८२ फाल्गुन २४ , आइतवार

गायक सज्जनराज वैद्यले अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तन्नेरी पुस्ताका चर्चित गायक सज्जनराज वैद्यले सन् २०२५ का लागि अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरेका छन् । २८ जनवरीमा अस्ट्रेलियाको पर्थदेखि सुरु हुने टूर १७ फेब्रुअरीमा न्यूजिल्याण्डको अकल्याण्डमा गएर टुंगिनेछ ।

पर्थको मेट्रोसिटीमा गुञ्जिएपछि ओसियाना मुलुकको लागि टूर सुरु हुनेछ । ३ फेब्रुअरीमा मेलबर्न प्याभेलियन, ७ फेब्रुअरीमा एडिलेडको हिन्ड्ले स्ट्रिट म्युजिक हल, १० फेब्रुअरीमा सिड्नीको हर्डन पेभेलियनमा कन्सर्ट तय छ ।

१३ फेब्रुअरीमा ब्रिस्बेनको द टिभोली ब्रिस्बेन र १७ फेब्रुअरीमा न्यूजिल्याण्डको पावर स्टेसनमा कन्सर्ट हुनेछ ।