२०८२ चैत्र २ , सोमवार

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन फास्ट ट्र्याक निरीक्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) को अवलोकन गरेका छन्।उनले आयोजनाको काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएको हुन्।

निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले शुक्रबार आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका थिए।