
सुनाखरी न्युज/ काठमाडौं ।
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।शुक्रबार मुम्बईको बान्द्रा प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिएको हो।
ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।प्रहाका अनुसार सैफलाई छुरा प्रहार गरेपछि ती व्यक्ति सिसिटिभीमा बान्द्रा रेलवे स्टेसन नजिकै देखिएका थिए। उसै इलाकाबाट उनलाई प्रहरीले हिरासतमा लिएको हो।यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको छ।
तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।मेरूदण्ड नजिकको चोट निकै गहिरो भएको र त्यहाँ १० वटा टाँका लगाइएको अर्का डाक्टरले भनेका छन्। घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन्।