२०८२ फाल्गुन २६ , मंगलबार

महालक्ष्मी विकास बैंकद्धारा बचतमै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।

यस खाता अन्तर्गत बचतकर्ताले १ वर्ष देखी १० वर्ष सम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्धती बराबरकै ब्याजको लाभ लिन सक्नेछन । अभिभावक द्धारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

मुद्धती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र रु ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्नसमेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।