
सुनाखरी न्युज/ काठमाडौं ।
ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा भएको छ ।
वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।
यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ । बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।
बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।
बैंकले ९शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत० करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।
कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।
बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए) को प्रयोग गरिएको छ ।
मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।
व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त
यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।
युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरीरगराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण ९रेमिट्यान्स० भित्र्याएको यस बैंक सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।
सञ्चालन नतिजा र कारोबार समीक्षा
आर्थिक वर्ष २०८०र८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।
कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम ९पुँजीगत जगेडा कोष०बाट आर्थिक वर्ष २०७८-७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।