२०८२ फाल्गुन २५ , सोमवार

काठमाडौँमा कन्सर्ट गर्दै बलिउड गायक जुबिन नौटियाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय गायक जुबिन नौटियालले आउँदो १७ फागुनमा पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका जुबिनको काठमाडौंमा च्यारिटी कन्सर्ट हुन लागेको हो ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।एन–अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो ।टिकट पार्टनरको रुपमा रहेको खल्तीले टिकट बिक्री थालेको खल्तीका चिफ बिजनेस अफिसर अविनाश गुप्ताले बताए ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लगायत हिट छन् ।