
सुनाखरी न्युज/ काठमाडौं ।
अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ।सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ। टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ।
सुरेश न्यौपानेको निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको लगानी छ। यो फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ।