२०८२ फाल्गुन २५ , सोमवार

बुद्धि तामाङले घोषणा गरे चलचित्र कुस्ती

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चर्चित अभिनेता बुद्धि तामाङ अब फिल्म निर्माता बन्ने भएका छन् । तमु ल्होसारको अवसरमा सोमबार उनले निर्माण गर्ने कथानक फिल्म ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ ।धीरज मगर र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मको टिजर पोस्टर समेत सार्वजनिक गरिएको छ ।

फिल्मलाई अनिल योञ्जनले लेखन तथा निर्देशन गर्नेछन् ।पोस्टरमा धीरजले हल्का गुलाबी पहिरन लगाएका छन् भने मिरुनाले हल्का हरियो रङको पहिरन लगाएका छन् । निर्माताले प्रेषित गरेको विवरणमा रङअनुुसार पात्रको मुड र स्वभाव दर्शाउन खोजिएको छ ।

जसअनुसार, धीरजको पात्रको स्वभाव भद्र र हेरचाह गर्ने किसिमको छ । ऊ रोमान्टिक र नम्र छ । मिरुनाको पात्र सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावको छ । निर्माता समेत रहेका बुद्धि फिल्ममा निर्माताको रुपमा छन् ।

निर्माता समेत रहेका अभिनेता तामाङले निर्माण कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए ।उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । फिल्मको छायांकन फागुनदेखि काठमाडौंमा हुने जनाइएको छ ।