२०८२ फाल्गुन २६ , मंगलबार

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा शुभारम्भ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा भएका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ  फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र  फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा शाखाको शुभारम्भ गरेको छ ।

यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ ।

यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ।