२०८२ फाल्गुन २९ , शुक्रवार

श्रीलङ्कामा नयाँ सभामुखमा चयन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गर्नुभएको हो । साथै, उहाँको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गर्नुभएको थियो ।

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गर्नुभयो ।शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्व अध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिनुभएको थियो । यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झूट बोलेको आरोप लगाएका थिए ।  रासस/सिन्ह्वा