२०८२ फाल्गुन २५ , सोमवार

वेब सिरिज ‘अन्तिम यात्रा’को पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘अन्तिम यात्रा’को पोस्टर सार्वजनिक भएको छ । यो श्रृंखलालाई नेपालको पहिलो जम्बिज वेब सिरिज बताइएको छ ।

यसको टिजर क्रिसमस (२५ डिसेम्बर)मा सार्वजनिक हुने जनाइएको छ । सिरिजको निर्माण, कथा, पटकथा र निर्देशन सरोज अधिकारीले गरेका छन् । विजय अधिकारी कार्यकारी निर्माता छन् ।

सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरभ ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिशेल घिमिरे, परीक्षितविक्रम राणा, आयुश्मा भट्ट, सन्ध्या कोइराला, कपिल रसाइली, सन्देश थापा, विवश खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरी, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीता शर्मा बस्याल लगायत कलाकार छन् ।

एड्भेन्चर, कमेडी, हरर, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुने जनाइएको छ ।