२०८२ फाल्गुन २५ , सोमवार

वैवाहिक बन्धनमा बाधिन् गायिका स्मिता दाहाल

Capture

 सुनाखरी न्युज/ काठमाडौं ।

गायिका स्मिता दाहालले विवाह गरेकी छिन्। काठमाडौं मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा उनीहरूको विवाह समारोह चलिरहेको छ।स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की नातिनी समेत हुन्।

आयोजित विवाह समारोहमा दुवैका परिवार, आफन्त, केही राजनीतिज्ञ र कलाकारहरू समेत पुगेका छन्।वैवाहिक समारोहमा कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरेलगायतका साथै परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको बताइएको छ ।

स्मिताका मायालु तिमी कता छौ…, पानी करुवाको…लगायतका गीत चर्चित छन् । स्मिता र सायुज्यले केही साता अगाडि इन्गेजमेन्ट गरेका थिए।