२०८३ बैशाख ११ , शुक्रवार

नेप्से परिसूचकमा समान्य गिरावट,८ अर्ब ५४ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार ९ अर्ब ३१ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७७ करोड रूपैयाँ कमी आएको हो।

आज ३०७ वटा धितोपत्रको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भएको हो।बिहीबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ।