२०८३ आश्विन ११ , आइतवार

मंसिरका लागि बैंकले घटाए ब्याजदर, कुन बैंकको कति? (सूचीसहित)

Bank

सुनाखरी न्युज/ काठमाडौँ ।

मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ ।

कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो ।

कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् । ११ बैंकले भने घटाएका छन् ।बैंकहरूको कर्जा लगानी सुधार हुन नसकेपछि ब्याजदर घटाएका हुन्।

बैंकहरुले तोकेको ब्याजदर:

बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर % 
कृषि विकास ५.७५ ५.५३
राष्ट्रिय वाणिज्य ५.८ ६
नेपाल एसबीआई ६ ६
लक्ष्मी सनराइज ६ ५.५
ग्लोबल आईएमई ६.२५ ५.७५
कुमारी ६.०१ ५.७१
प्राइम कमर्सियल ६ ५.७५
नेपाल ५.९५ ५.९५
सानिमा ६.१५ ६.१५
सिटिजन्स ५.७५ ५.६५
नबिल ६.२५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ ६ ६
स्टान्डर्ड चार्टर्ड ६.५ ६.२५
माछापुच्छ्रे ७ ६
प्रभु ६.१ ६.१
एनएमबी ६.५ ५.५७
एनआईसी एसिया ६.९९ ६.७९
हिमालयन ६.२५ ६.२५
एभरेस्ट ६ ६