२०८३ जेठ ३ , आइतवार

9N- ALY जहाज नियमित सि चेकपछि नेपाल फर्कियाे

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज 9N- ALY(अन्नपूर्ण) को नियमित सि चेकको मर्मत पश्चात् European Aviation Safety Agency (EASA)र Federal Aviation Administration (FAA)बाट मान्यता प्राप्त युरोपेली मुलुक इटलीको Maintenance and Overhaul organization – MROकम्पनी Attitechले अन्तर्राष्ट्रिय बिधिसम्मत प्रकृया पूरा गरि सि चेकको मर्मत संभार कार्य गरि Certificate of Release to Service (CRS)प्रदान गरेको छ र उक्त जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको नेपाल वायुसेवा निगमले जानकारी दिएकाे छ ।

उक्त MROबाट CRSप्राप्त भए पश्चात् नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक अनुमतीको लागि बिधिसम्मत प्रकृयाहरु पूरा गरि अनुमती दिए पश्चात् आज १२ सेप्टेम्बर, २०२४ तारिक बिहान ८:३६ बजे काठमाडौंमा अबतरण गरेको छ ।

यो सगैं लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ ओटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने नेपाल वायुसेवा निगमले जनाएकाे छ ।