२०८३ बैशाख २७ , आइतवार

अवैध रूपमा सन्चालित कल सेन्टरमा सिआइबीको छापा, ५० जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको हो।

बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।प्रहरीले थप अनुसन्धान गरिरहेको छ।