
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएको छ ।
नवनियूक्त संचालक दस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दिर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएको थियो ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती रहेको थियो ।