२०८३ जेठ ३ , आइतवार

प्रतिनिधिसभा : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

prar

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।

सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गर्नुभयो ।

“मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिनुभयो ।सांसद राजेन्द्र बजगाईंले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिनुभयो । रासस