
सुनाखरी न्युज/ काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएका छन् । ती योजनालाई सार्वजनिक गर्ने तयारी गरिएको हो ।
‘सय दिनमा के–के काम गर्दैैछौं भन्ने छिट्टै बाहिर ल्याइँदैछ’, मुख्यसचिव लीलादेवी गड्तौलाले भनिन् ।नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा मुख्यसचिव गड्तौलाले सरकारले सय दिनमा गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।