
सुनाखरी न्युज/ काठमाडौं ।
भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको छ।दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए ।
दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको बताए ।स्कुटरमा सवार व्यक्ति ट्रकमा च्यापिएको उनले बताए। ती व्यक्तिलाई निकाल्न क्रेनको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। घटनास्थलमा क्रेन पुगिसकेको छ।
घटनास्थल अहिले तनावपूर्ण बनेको छ। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।