२०८३ जेठ ४ , सोमवार

समृद्धि फाईनान्सको इटहरी शाखाबाट बृक्षारोपण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाईनान्सले मिती २०८१ श्रावण २५ गते शुक्रबारको दिन संस्थाको इटहरी शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा ज्ञड बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।