
सुनाखरी न्युज/ काठमाडौं ।
गत १८ वर्ष देखी सर्वसाधारणलाई गुणस्तरिय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागी #sachetcitizenनै हो #safecitizenभन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।
बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स (Strategic Growth and Operational Excellence Conference)का बीच सो भिडियो सार्वजनिक गरेका हुन् ।
बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बाहानामा ग्राहकहरुसंग पासवर्ड, ओटीपी, खाताको विवरणहरु मागेर साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरु जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढि रहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधीहरुको न्युनिकरण हुने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको जनाएको छ ।
स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरु, विभागीय प्रमुखहरु, तथा बैंकका उच्च व्यवस्थापनको समुह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरेका छन् ।