२०८३ जेठ ४ , सोमवार

अस्वीकृत हुने निश्चित भएपछि कृष्णमान प्रधानले नाम फिर्ताका लागि दिए निवेदन

Capture

सुनाखरी न्युज / काठमाडौं ।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन् ।

उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन् । ‘मेरो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको छ’, समिति स्रोतले भन्यो ।

प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।