
सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेड र बुद्घ एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्घ एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QRद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सकिनेबैंकले जनाएको छ ।
यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।