२०८३ जेठ ५ , मंगलबार

फोनमनीले ल्यायो “फोनमनी साथमा, 1 करोड हातमा” योजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले उत्साहका साथ आफ्नो नयाँ योजना “फोनमनी साथमा, १ करोड हातमा” सुरु गरेको छ। यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्नेछ, जुन ६ महिनाको अवधिको लागि हुनेछ।

कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनीएप मार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन्। यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउन सकिने कम्पनीले जनाए । साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन (Won) (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार पनि जित्नेछन्।

अभियानका मुख्य विशेषताहरू:

साप्ताहिक पुरस्कार: हरेक हप्ता, एक सहभागीले आफ्नो पठाएको रकम दोब्बर गर्नेछन्।

बम्पर पुरस्कार: योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वनको (Won) पुरस्कार जित्नेछन्।

योग्यता र सहभागिता:हाम्रो यस योजनामा सहभागी हुनको लागि, मात्र Fonemoney एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउनुहोस् र तपाई विजेता हुनको लागि योग्य हुनुहुनेछ।Fonemoney मार्फत हरेक ट्रान्सफरमा 0% सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुनेछ, साप्ताहिक र भव्य पुरस्कार जित्ने अवसरको साथमा।

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।”