२०८३ जेठ ५ , मंगलबार

बीपीए अवार्ड २०२३ बाट एनसीएचएल सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई Institutes of Chartered Accountants of Nepalद्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘National Best Presented Award’अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा समेत एनसीएचएलले ICANतथा South Asian Federation of Accountants (SAFA)बाट’Best Presented Annual Report Awards’पुरष्कार प्राप्त गर्र्दै आएको छ । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत t NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY र NEPALPAY QRप्रणालीहरू सञ्चालनगरी सेवा प्रदान गर्दै आएको छ ।

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले NPS अन्तर्गतNational Card Switch र NEPALPAY Cardपनि कार्यान्वयन गर्ने क्रममा रहेको छ ।