२०८३ जेठ ५ , मंगलबार

राष्ट्रिय सभागृह जलमग्न, भवनभित्रै पस्यो पानी

Capture

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा परिसर जलमग्न बनेको छ । बिहीबार राति भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।

भवन परिसरमा जमेको पानी अहिले दुइवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ।