
सुनाखरी न्युज/ काठमाडौं।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको बर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले मन्त्रीको स्वागत एवं आगामी तीन बर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्वन्धमा पेस गरेको बाह्र बुँदे सुझाव पत्र ग्रहण गदैं मन्त्री अधिकारीले यस्तो बताएको हो ।गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनु भएका बिभागका प्रमुख खगराज अधिकारीले सहकारी क्षेत्रमा अहिले भएका समस्या समाधान हुने देखि सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराउनका लागि सुझाव पेश गरिएको बताए ।
सुझाव पत्रमा सहकारीका क्रणीलाई क्रण तिर्ने वाताबरण सृजना गर्ने र कर्जा असुलीमा अटेर गर्ने सदस्यहरुलाई कानुनको दायरामा ल्याउन, सहकारी एकिकरणलाई प्रोत्साहन गर्न, सहकारी समस्याको दिगो समाधानका लागि उच्च स्तरिय अधिकार सम्पन्न कार्यदल गठन गर्न, सहकारी संस्था सुद्धिकरण र सुदृढीकरण अभियान थाल्न, क्रण अशुली न्यायाधिकरण स्थापना गर्न, हरेक पालिकामा नमुना सहकारीहरुको बिकास गदैं लैजान, विशिष्टकृत नियामक निकायको स्थापना र कानुनी संहिताहरुको निमार्ण र कार्यान्वयनमा जोड दिनलगायतका १२ बुँदे सुझाव मन्त्री अधिकारीलाई पेस गरेको हो ।
सुझाव पत्रमा तत्काल र तीन आर्थिक बर्षमा गर्नुपर्ने कामहरुको सम्वन्धमा ध्यानाकर्षण गराईएको छ । तत्कालका लागि सहकारीको वर्गीकरण, कर्जा सुचना केन्द्र स्थापना, सहकारी नीतिहरुको निमार्ण एंव संशोधन गर्नु पर्ने, कानुनी र प्रशासनिक अवरोधहरु हटाउनु पर्नेलगायतका बिषय उल्लेख गरिएको छ । एमालेका बिभिन्न बिभागहरुले बिषयगत मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरुसंग संवाद गरी उक्त क्षेत्रका समस्याहरुको ठोस समाधान गर्ने र सकारात्मक परिणम निकाल्नका लागि पहल गर्ने उद्देश्यले मन्त्री अधिकारीसंग छलफल गरिएको एमाले केन्द्रीय सहकारी बिभागले जनाएको छ ।कुनै बैठक या कार्यक्रम हुदाँ पुर्व जानकारी लिने ।
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताबताए । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुरÞ्याएको छ ।त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउदा पाँच जनाको मृत्यु भएको छ ।भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौंलाई घरबार विहीन बनाएको छ ।