२०८२ फाल्गुन २४ , आइतवार

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

लगातार पाँच कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ।पछिल्लो पाँच कारोबार दिन नेप्से परिसूचक १०३.८६ अंक बढिसकेको छ। उक्त दिनमा नेप्से राम्रो अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।

सोमबार नेप्से परिसूचक ४.६२ अंक अर्थात् ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको छ।सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार आइतबार छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४४ करोड रूपैयाँ कमी आएको हो।