
सुनाखरी न्युज/ काठमाडौं ।
रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षितगरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको जनाए ।
यस छात्रवृत्ति अन्तर्गत २०८० मा परिक्षादिएको र २०८१ सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण हुनुभएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिेउक्त एस.ई.ई परीक्षामा ३.५जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने छ ।
गत सालमा आयोजना गरिएको“मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०”छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए।पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस२०८१सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने बताए ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वाफेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको QR codeमा scan गरी फारम भर्नुहोस् । आवेदकको फारम बुझाउने अन्तिम मितिः २३ असार, २०८१ तोकिएको छ ।