
सुनाखरी न्युज/ काठमाडौं ।
स्टेट अफग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले२०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ ला खमानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८, ५००मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२, १००थियो ।
विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८%, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६% को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्क्तचाप पछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।
संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा”नागरीकको मौलिकहकको रुपममा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।
वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।
वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखीममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।
यस परिस्थितीमा हामी तपशिलमा उल्लेखित संघ संस्थाहरु नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरुसंग तत्काल उक्त माग गरेका हुन् ।
१)वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्य योजना तयार गरी लागु गरियोस् ।
२) वायु प्रदूषण गर्नेउद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरियोस् ।
३. वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिकव्यवस्था गरी उनीहरुको वातावरणीय मानवअधिकार सुरक्षित गरियोस् ।
४) वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधिएवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस् ।
५) वन डढेलोका कारण यसवर्ष ५ हजार ठाँउमा वन डढेलो लाग्यो । यसवाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भयो । वन डढेलो नियन्त्रण र व्यवस्थापन मार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्य योजनातयार गरी लागु गरियोस् ।
६) काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगिफाल्ने गरिएको छ । यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ । संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सवै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता गरियोस् ।
७) वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्थाएंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी गरियोस् ।
८) अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एंवClean Air Network Nepal (CANN)को अभियानमा सबै व्यक्तितथा संघ–संस्थालाई आव्हान गर्दछौँ ।
थप जानकारीको लागि, कृपया यहाँ State of Global Air Report 2024को पूरा प्रतिवेदन हेर्नुहोस्।।
क्लीन एयर नेटवर्क नेपाल(CANN) २००४ मा गठन भएको थियो जसले नेपालमा वायु प्रदूषण समस्यालाई समाधान गर्न सबै सम्बन्धित पक्षहरू बीच सहकार्य र नेटवर्किङलाई प्रोत्साहन गर्दछ।(CANN) क्तिहरू, विज्ञहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरू, सरकारी संगठनहरू र स्वच्छ वायु व्यवसायमा संलग्ननिजी क्षेत्रको अर्ध–औपचारिक नेटवर्कको रूपमा काम गर्दछ।
एशियाली शहरहरूको लागि क्लीन एयर इनिसिएटिवको स्थानीय देश नेटवर्कको रूपमा काम गरिरहेको छ जुन एशियाली शहरहरूमा वायु गुणस्तर व्यवस्थापन (ब्त्तः) सुधार गर्न प्रतिबद्ध संस्था र व्यक्तिहरूको बहु–हितधारक नेटवर्क हो। Clean Energy Nepal (CEN)हालCANNको सचिवालय हो।