
सुनाखरी न्युज/ काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लि.खरेन्द्रपुर शाखा कार्यालयले मिति २०८१/०३ र ११का दिन आफ्नो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारीहरु, वचत कर्ताहरु,बुद्वि जिवि, समाजसेवी, आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।
समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यू.आरकोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।