
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८१ साल जेठ ३१ गते सम्पन्न भएको यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग मिति २०८१.असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरे ।