२०८३ जेठ ६ , बुधवार

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ।फाइनान्सले असार महिनाका लागि निक्षेपमा५.२५देखि६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५प्रतिशत,व्यक्तिगत मुद्दती निक्षेपकतर्फ अधिकतम८.२५प्रतिशत र संस्थागत तर्फ७.२५प्रतिशत ब्याजदर तोकेको छ।

फाइनान्सले व्यक्तिगत तर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५प्रतिशत, ६ महिनादेखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९महिना देखि१ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्षदेखि २वर्ष अवधिका लागि ८ प्रतिशत र २वर्षदेखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै संस्थागत तर्फ ६महिना देखि ९महिना अवधिका लागि ६.५०प्रतिशत, ९ महिना देखि १वर्षअवधिका लागि६.७५प्रतिशत १वर्षदेखि २ वर्ष अवधिका लागि ७ प्रतिशत, र २वर्षदेखि माथिको अवधिका लागि ७.२५प्रतिशत ब्याजदर तोकेको छ।