२०८३ जेठ ६ , बुधवार

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता : द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूतरब फेनबीच भेटवार्ता भएको छ ।सिंहदरवार स्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

मन्त्री भण्डारीले बेलायती राजदूतसंगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलकउद्योग, सूचनाप्रविधि र अन्य सेवा क्षेत्रमा बेलायतीलगानीको लागिठोस प्रयास हुने विश्वास व्यक्त गरे ।मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको भन्दै त्यस पश्चातको केही वर्षको लागि म्ऋत्क् अन्तर्गतको अतिकम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताको लागि पहल गरिदिन आग्रह गरे ।

उहांले नेपालको उत्पादनशीलक्षमताविकास गरी निर्यात अभिवृद्धि गर्नको लागिउद्योग तथानिर्यात व्यापार लक्षित प्राविधिक सहायताविस्तारको लागि समेतभेटमा अनुरोध गरेको छ ।‘अन्तर आवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ । हामी उद्योग,जलविद्युत र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव,ज्ञान,सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’ मन्त्री भण्डारीले भेटमा भने ।

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसंग नजिकभएर काम गर्न इच्छुक रहेको धारणा राखे । उहांले भेटमा नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाति मुलुक भएको भन्दै नेपाल र विश्व वजारको विचमा आफुले सेतुको भुमिका खेल्ने बताए ।भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवद्र्धन र द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो ।