२०८३ जेठ ६ , बुधवार

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादिस्थित हेयर एण्ड शान्ति र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा(Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure)विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाटनिर्देशक रामकुमार श्रेष्ठ रप्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ।समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोÈ सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजाथापा को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवालिँदा(थ्रेड्रिङ्ग बाहेक)ग्राहकहरुलाई १०∞ र कर्मचारीहरुलाई ३०∞सम्म छुट प्राप्त गरिने बताए ।छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचय पत्र समेत पेश गर्नुपर्ने बैंकले जनाएका छन ।

हेयर एण्ड शान्तिले दुईदशकदेखि निरन्तर बिभिन्न स्थानमा-आउटलेटः काठमाण्डौ भित्र ८ र पोखरा १,बिरगंज १, हेटौडा २ र नारायणघाट १-बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ ।