
सुनाखरी न्युज/ काठमाडौं ।
आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा ५ मे २०२४का दिन विहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायण चौर, नक्शाल,काठमाण्डौंबाट शुरु गरी नारायण चौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म साइकल¥यालिको आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस, जीवनभर वातावरण मैत्रीकार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदयमानिसको पहिचान हो जस्ता नारा सहितविश्ववातावरण दिवस भव्य र सभ्यताका साथ मनायो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्तबादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा,लायन्स क्लबअफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथास्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो।
वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलो पटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्ष उल्लासका साकइकल¥यालिमा सहभागि भएका थिए ।उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्तबादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्यभएर जीवन जीउं भन्ने भावका साथ लाईन्स क्लबअफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गर्नुभयो ।निर्जीवन बीमाको क्षेत्रमा आइजीआई पु््रडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो ।
कम्पनीले सम्पत्ती, समूद्रिकमोटर, इन्जिनियरिङ, हवाई, कृषितथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविधबीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहक महानुभावहरुलाई सेवाप्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवासमेत शुरु गर्र्दै आएको छ ।
उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लपअफ काठमाण्डौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भयो । कार्यक्रमा लायन्स क्लबअफ काठमाण्डौं पिस आइडलका अध्यक्षश्री शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवावर्गमा वातावरण संरक्षण सहित स्थस्थ्य जीवनशैलीतर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने,प्रमुख जिल्ला अधिकार–काठमाण्डौं, काठमाण्डौं महानगरपालिका,वडा अध्यक्ष–का.म.न.पा वडा नं १,नेपालप्रहरी, करुणा अस्पताल, लायन्सक्लप अफ काठमाण्डौं पिस आइडल, स्पार्क ग्रुप लगायत उपस्थित सबैलाई धन्यवाद दिए। साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल ¥यालिमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।