२०८३ जेठ ६ , बुधवार

हार्नेस जिपलाइन र गेटवे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छुट सम्झौता

Capture

सुनाखरी न्युज/कुश्मा ।

आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्नभिन्न भाषा संस्कृती, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसीक त्रियाकलाप को लागिचर्चित ठाँउ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.साथै आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्नभिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर मा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.को प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा,गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेडतर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीय माध्यम द्घाराबिल भुक्तानी गर्दा हार्नेस जिप लाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा१० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाए ।हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसी कमनहरु लाई आकर्षित गर्न सफल भएको देखिन्छ । गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।