
सुनाखरी न्युज/ काठमाडौं ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरुसहित यही मे १६ देखि १८, २०२४ सम्मचीनको ग्वान्जाओमाआयोजित ३२ औँ ग्वान्जाओ इन्टरनेश्नल ट्राभल फेयर (जिआईटीएफ) मा सक्रियएवं प्रभावकारी सहभागिता जनाएको छ ।
३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामाचीन र अन्य अन्तर्राष्ट्रिय देशहरुबाट ४० हजार भन्दा बढी जनाले सहभागिता जनाएका थिए ।
नेपाल पर्यटन बोर्डले १६ तारिखकादिन स्थानीय अप्रेटर्स तथा सहभागीहरुमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोहीदिन साँझ ‘वेष्टिन पाजाओ’ होटलमा आयोजित ‘बायर्स नाईट’ कार्यक्रमबीच पाटा नेपाल च्याप्टरले चाईना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवद्र्धनकालागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जिआईटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्तग¥यो । सोहीअवसरमा नेपालपर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे ।
मे १७तारिखमा आयोजित जिआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दनशर्माले “जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरुका लागि नेपालले प्रदानगर्ने दिगो पर्यटन उपजहरु”शीर्षक अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएका थिए । उक्त सेसनको सहजिकरण मकाउ युनिभर्सिर्टी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा. टिमुदी लीले गरेका थिए ।कार्यक्रममा सहभागीहरुमध्ये नेपालबिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले भने, “हाम्रो बुथमा धेरै मानिसहरू नेपाल भ्रमण गर्न इच्छुक रहेको र नेपालकालागि धेरै सोधपुछ भएको मैले पाएको छु ।
हामीले विगत ११ वर्षदेखि चिनियाँ बजारमा काम गर्दै आएकाले यस वर्षको अन्त्यमा नेपालको सहभागिता गन्तव्य प्रवद्र्धनका साथै पर्यटन व्यवसाय प्रवद्र्धनकाहिसाबले निकै प्रभावकारी भएको मलाई विश्वास छ ।”डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रा.लिका कार्यकारी निर्देशक हिम्मत पुरीले मेलामा पहिलो पटक सहभागी हुन पाएकोमा आफ्नो खुसी व्यक्त गरे । महामारी पश्चात पहिलो पटक जिआईटिएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनःजोडिने अवसरलाई सहज बनाउन फलदायी हुने विश्वास व्यक्त गरे । उनले चिनियाँ अपरेटर र सहभागीहरुको नेपाल गन्तव्यबारे धेरै आशावादी प्रतिक्रिया र चासो पाएको बताए ।
होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवद्र्धन पुनः सुरु गर्न कोसेढुङ्गा भएको र होटल लगायत नेपालका अन्य सेवा प्रदायकहरूको जिआईटिएफ २०२४ मा सहभागिता फलदायी भएको बताए । उनले यस प्रवद्र्धनात्मक सहभागितामा समन्वयगर्नका लागि पाटा नेपाल र पर्यटन बोर्डको भूमिकाको प्रशंसा गर्दै सरकारले यस प्रकारको अन्तर्राष्ट्रिय प्रवद्र्धन र बजारीकरण कार्यक्रमहरू चीनभित्रका धेरै स्रोत बजारहरूमा बढाउनुपर्ने सुझावदिए । चनियाँ बजारमा नेपालको प्रवद्र्धनका लागि सिट्रिप, टिकटक, वीच्याट इत्यादी जस्ता विभिन्न अनलाइन प्लेटफर्महरूमा नेपालको डिजिटल उपस्थिति र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेससिंह बुडालले चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोत बजार भएको र विभिन्न गन्तव्यहरुले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवद्र्धन तुलनात्मक रुपमा निकै कम रहेको बताए । साथै न्यूजील्याण्ड,साउदी, हङकङ लगायत अन्य गन्तव्यहरुले चीनको विविध प्रान्तहरुमा आफ्नो पर्यटन बोर्डको शाखा कार्यालय तथा प्रतिनिधिहरु नै व्यवस्थापन गरी प्रभावकारी प्रवद्र्धन गरिरहेको पाइएको र नेपाल पर्यटन बोर्डले समेत सोही अनुरुप प्रमुख तथा बृहत स्रोत बजारहरुमा आफ्नो शाखा विस्तार गरी गहन र प्रभावकारी ढङ्गले लक्षित बजारीकरण गर्नुपर्ने आवश्यता औंल्याए ।