२०८३ जेठ ७ , बिहिवार

तेस्रो सांग्रिला साइकल ¥यालीको लागि रजिष्ट्रेशन खुल्ला

Capture

सुनाखरी न्युज/ काठमाडौं।

विश्व वातावरण दिवसका अवसरमा मिति२०८१/०२/१९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लि. ले“इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल ¥याली आयोजना गर्न लागेको व्यवहोरा जानकारी गराएको छ ।

सो साइकल ¥यालीमा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले मिति २०८१ जेष्ठ १६ गते सम्मा यस लिंक https://www.shangrilabank.com/cyclerally/मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न अनुरोध गरे ।

उक्त साइकल¥यालीमिति २०८१ जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर,सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने व्यवहोरा समेत जानकारी गराए।

यस साइकल ¥यालीमा सांग्रिला डेभलपमेन्ट बैंक.लिले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको बताए ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment”भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदै जाने जानकारी गराइन्छ ।सो साइकल ¥यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एकजना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ । विगत वर्षहरु माझै यस वर्षको तेस्रो साइकल ¥याली समेत भब्य रुपमा समापन हुने कुरामा बैंक विश्वस्थ रहेको जानकारी गराए।