
सुनाखरी न्युज/ काठमाडौं ।
पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् ।
सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।
जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।
कांग्रेस सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरे आफूहरूको साथ रहने सिरोहियालाई बताएको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए ।