
सुनाखरी न्युज/ काठमाडौं ।
connectIPS जेठ ६गते देखि साउन ३२गतेसम्म लागू हुने गरी“connectIPSक्को लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक बाट भुक्तानी गर्दा लाईफ इन्स्युरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)” अफर सार्वजनिक गरेको छ ।
यस आकर्षक अफर अन्तर्गत connectIPSको लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिकबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,०००क्यास ब्याक प्राप्त गर्न सक्नु हुनेछ भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्ने छन् ।
लक्की ड्र मार्फत छानिएका१० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी NCHLको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।connectIPSको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको connectIPS गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।connectIPS,बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।
connectIPSक्को वेबमार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एपमार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुलफी, हायर पर्चेज, सरकारी राजस्व,लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार,NEPALPAY QR लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।connectIPSक्मार्फत चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ५३ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. ४,४५६ अर्ब बराबरको ५ करोड ८०लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्योटभइसकेको कम्पनीले जनाएकाे छ ।
थप जानकारीका लागिhttps://connectips.com/knowmore/full-amount-refund-on-life-insurance-premium-payment-via-connectIPS/मा हेर्नुहोस् ।