२०८३ जेठ ७ , बिहिवार

सगरमाथा क्षेत्रमा बेपत्ता एक जना मंगोलियन आरोहीको शव भेटियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ ।पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ ।