२०८३ जेठ ७ , बिहिवार

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त भएका छन ।कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजीबजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ। नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्षभन्दा बढीसमय कार्यसम्पादन गरेका छन्। घिमिरेले  FCCAसाथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम)बाटEMBAपनी गरेका छन् ।

घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।

नेपाल लाइफ क्यापिटल, व्यक्तिवा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजी बजार मार्फत परिचालन गरि उक्तलगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।