२०८३ जेठ ७ , बिहिवार

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा“उत्सव र उमङ्ग ,सिटी एक्स्प्रेससँग” साङगितिक कार्यक्रम आयोजना गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यहीआउदो मे १९ तारिख युएईस्थित बरदुबईको क्प् ठक्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् ।

चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डरजितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार , लोकप्रियलोक दोहोरी गायक खेम सेन्चुरी , गायिका शान्तीश्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन ।

आफ्नो ग्राहक बर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जान्कारी दिलाएको छ ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको  जनाए ।