२०८३ बैशाख २० , आइतवार

३४औं कार्यसमिति परिवार र संचारकर्मीहरु बीच संघमा भेटघाट, छलफल तथा परिचयात्मक कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिति २०८१ बैशाख २८ गते, शुक्रबार, मोरङ उद्योग व्यापार संघको ३४औं कार्यसमिति परिवार र संचारकर्मीहरु बीच संघमा भेटघाट, छलफल तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

संघका अध्यक्ष अनुपम राठीज्यूको अध्यक्षतामा संघका महासचिव  संजय कुमार श्रेष्ठज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालज्यू, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष  लिला बल्लभ घिमिरेज्यू, नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक

अध्यक्ष श्रीमती तारा आचार्यज्यू, नेपाल प्रेस युनियन कोशीका अध्यक्ष  मीन कुमार नवोदितज्यू, प्रेस युनियन मोरङका अध्यक्ष  वेदराज पौडेलज्यू, प्रेस मञ्च नेपालका जिल्ला अध्यक्ष  मुकेश कुमार यादवज्यू सहित संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला र युवा उद्यम समितिका संयोजकद्वय र संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।