२०८१ जेठ ६ , आइतवार

सिप्रदी र नबिल बैंकबीच टियागो ईभीका लागि सहजकर्जामा सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी बीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। अब टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंक लिमिटेडको नेपाल भरीका शाखाहरु मार्फत ८० प्रतिशतसम्म सहजकर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा टाटा टियागो इभीखरिद गर्न चाहने व्यक्तिवा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको कम्पनीले जनाएका छन्।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याच ब्याक भएको बताइन्छ ।

हालसम्म यस गाडीका १,६०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी गराएको छ । टियागो इभीअहिले ५.२९लाख डाउन पेमेन्टमा नेपाल बजारमा उपलब्ध छ।