२०८३ जेठ ९ , शनिवार

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो जसले विविधता र सशक्तिकरणका साथ विश्व भरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

कम्बोडियाको नोम पेनमा२ दिन सम्म सन्चालन भएको युनिभर्सल वुमन२०२४ मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए ।निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा, उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरू बीच एकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेकी छिन्।

युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रा.लि.की डिरेक्टर, संगीता पुरीले भन्नुभयो, “युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवा नवित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो। मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु ।”उनी युनिभर्सल वुमनका जजहरु मध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् ।