२०८३ जेठ १० , आइतवार

रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्यचौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्यचौकी र ग्रे गाउँ तथा हाकुको पाङलिङका स्वास्थ्य इकाइ केन्द्रले कम्युटरमार्फत अनलाइन सेवा सुरू गरिसकेका छन् । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा गत वर्षदेखि सुरु गरिसकेको छ । जिल्लाभरमा स्वास्थ्य संस्थामा क्रमशः लागू गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कम्प्युटरमा विवरण राख्दा आवश्यकता र्दा खोज्न सहज हुनुका साथै कुन बेलामा के उपचार गरियो, कुन औषधीको प्रयोग तथा खपतको अवस्थालगायत कुरा बुझ्न चिकित्सकलाई सहज हुने बताइएको छ ।जिल्लाभरका स्वास्थ्य केन्द्रहरूमा सबै विवरण कम्युटरमा राख्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य प्रमुख भीमसागर गुरागाइँले जानकारी दिनुभयो । जिल्ला अस्पाताल धुन्चेले अनलाइन सेवा सहित अस्पताललाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिएको जनाएको छ ।

अस्पताल सुदृढीकरण कार्यक्रन्तर्गत इमर्जेन्सी (सघन उपचार कक्ष) व्यवस्थापन, अन्तरङ्ग कक्षको शय्या विस्तार, नयाँमा रूपान्तरण, शल्यक्रिया कक्षको निर्माणलगायत पूर्वाधार तयार भइसकेको रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताउनुभयो । सकभर बिरामीलाई बाहिर नपठाउने गरी गाउँका बिरामी छिटोछरितो अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभ राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गर्नुभयो ।उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँको उपचारका क्रममा आइतबार निधन भएको थियो ।राष्ट्रियसभाको अर्काे बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।  रासस